नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण « Khabarhub

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न बचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अतिरिक्त एक दशमलब पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले एक दशमलब पाँच प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि रू एक अर्ब ८१ करोड खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : १५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६