परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान « Khabarhub

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।        

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उनी  सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्किने छन्। 

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्ने बताइएको छ ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिकरूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो । 

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ ।    

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै