बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो « Khabarhub

बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । हालसम्म एक सय जनाको मृत्यु भएको छ ।

गत मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ५४ पुगेको तथा एक सय  जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये १२ हजार पाँच सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप आठ हजार तीन सय १६ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ५४ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ०० बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली