अमेरिकामा शक्तिशाली भूकम्प « Khabarhub

अमेरिकामा शक्तिशाली भूकम्प


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.1k
Shares
  • change font
  • change font
  • change font

अन्कोराज- अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जाल एबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर अलास्काको प्रायद्विपनजिकै स्याण्ड पोइन्टबाट ५५ माइल दक्षिण पश्चिममा भूकम्प गएको राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । यसअघि भूकम्पको तीव्रता ७ दशमलब ४ म्याग्निच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

अलास्काको कोडिआक क्षेत्रमा भूकम्पको जनाउ दिन साइरन बजेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी मौसम सेवाको सुनामी चेतावनी केन्द्रले सुनामी आएपनि यसबाट कुनै जोखिम नरहने जानकारी दिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सन् १९०० यता पछिल्लो भूकम्पको केन्द्रविन्दुको २५० किलोमिटरको क्षेत्रमा ७ म्याग्निच्युडभन्दा बढी तीव्रताका ९ वटा भूकम्प गइसकेको छ ।

‘प्रशान्त अग्निचक्र’ भनिने भौगोलिक क्षेत्रमा पर्ने अलास्का भूकम्प र ज्वालामुखीको जोखिममा रहेको बताइन्छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : १० बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई