बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी « Khabarhub

बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण महिला फुटबल शृखंला नेपालले जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपालले शृखंला जितेको हो ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।

टाइब्रेकरमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

टाइब्रेकरमा नेपालको तर्फबाट सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे, भने बंगलादेशका लागि साम्सुनार र मोनिकाले गोल गरे । त्यस्तै बंगलादेशका खेलाडी मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् । यसअघि पहिलो खेल नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका ने थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : २९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।