लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी फाइनलमा | Khabarhub Khabarhub

लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी फाइनलमा


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो ।

मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक–एक गोल गरेका थिए ।

यस्तै, फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका थिए ।

योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेल खेल्दा सबैमा गोल गरेका छन् ।

यो जितसँगै मियामी क्लबको इतिहासमा कुनै पनि प्रतियोगितामा पहिलो पटक उपाधि नजिक पुगेको छ ।

मियामीले अब मोन्टेरी र नासभिलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ४७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु