अपि पावरको  हकप्रद सेयर बिक्री खुला « Khabarhub

अपि पावरको  हकप्रद सेयर बिक्री खुला


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अपि पावर कम्पनीले आजदेखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो ।

उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। 

कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको