झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी « Khabarhub

झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा आर्थिक वर्ष २०७९–८० मा २० हजार ६ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । 

उनका अनुसार आर्थिक वर्ष २०७७–७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८–७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका (लिच थेरापी), पञ्चकर्म/पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । 

यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरूलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।

कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउँछन् । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो । 

आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा. यादवले बताए । 

सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ । हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् । झापामा सरकारी स्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय छन् । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ५३ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो