मनोरञ्जन

बक्स अफिसमा ‘गदर २’ को धमाका

By खबरहब

August 16, 2023

काठमाडौँ– सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ ।

‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोडभन्दा बढी संकलन गरेको छ । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

‘गदर २’ ले विकडेजमा समेत उत्कृष्ट कमाइ गर्ने ट्रेण्ड देखिएको बलिउड व्यापार विश्लेषकहरूले बताएका छन् ।

सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर  ‘गदर ः एक प्रेमकथा’को सिक्वेल हो । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका छन् ।