सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा | Khabarhub Khabarhub

सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु  हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।

मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरूबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै  विगतको सरकारले अध्यादेशमार्फत  ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए। उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।

पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै  मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १ : ३६ बजे

रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ- रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्

सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएपछि सर्वदलीय बैठक डाकियो

मलङ्गवा- सर्लाहीको मलङ्गवामा दुई समुदायबीच विवाद चर्किएपछि सर्वदलीय बैठक डाकिएको

स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जिम्मा दिने प्रस्ताव उचित छैन : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्म शिक्षाको

चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकारेनन्, यसलाई गम्भीर रुपमा लिनुपर्छ : कांग्रेस नेता डा. पोखरेल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल चुच्चे नक्सालाई

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

पोखरा- कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ