हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत « Khabarhub

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । 

उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यहाँको मुख्य सडकअन्तर्गत नाली व्यवस्थापन, हिलो र खाल्डा भएका स्थानमा मिक्स गिटी लाउने, झाडी हटाउनेलगायत काम गरिएको उनले बताए ।

‘गाउँपालिकामा श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत, सम्भार गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘प्रायः सबै सडक वर्षातले बिग्रिएको अवस्थामा छन् । पालिकाले थालेको यस अभियानमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।’

बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि अभियानमार्फत स्थानीयले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका उनको भनाइ थियो । अध्यक्ष राईका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य सङ्घ, हतुवागढी यातायात प्रालि, प्रगति समृद्धि र हाटखोला टोल विकास संस्था, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्थालगायत सर्वसाधारण सहभागी छन् । 

श्रमदानमा जोडिने सबैलाई गाउँपालिकाले धन्यवाद दिँदै आगामी दिनमा पनि सञ्चालन गरिने अन्य विकासका अभियानमा जुट्न सबैलाई अनुरोध गरेको छ ।

 यसअघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाइमा श्रमदानमार्फत घोडेटार, सङ्खाम, दिमालुङ पदमार्ग क्षेत्रमा वृक्षरोपण गर्नुका साथै दिमालुङ क्षेत्रको सरसफाइसमेत गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : २४ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार