संघीय निजामती ऐनलाई सदनमा छिटो प्रस्तुत गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का | Khabarhub Khabarhub

संघीय निजामती ऐनलाई सदनमा छिटो प्रस्तुत गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत बताए ।

एक हप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने उनले बताए । मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड दिएको पनि बताए ।

उनले झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्यअनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो आवश्यक रहेको जिकिर गरे ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : ४५ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक