‘स्थानीय सरकारले आन्तरिक आय बढाउनेतर्फ ध्यान दिनुपर्छ’ « Khabarhub

‘स्थानीय सरकारले आन्तरिक आय बढाउनेतर्फ ध्यान दिनुपर्छ’


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् । 

उनले भनिन्,’आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।’ उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन्। 

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन् । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताए। सोही ठाउँमा ३० बिघा जग्गा छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : ०४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल