पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरूको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिस्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा राजदूत न्गुयेनले भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे ।

भियतनामका लागि कन्सुलरसमेत रहेका व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरे । साथै उनले दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि आग्रह गरे । 

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलहोत्रा र उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे ।

साथै उनीहरूले भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मावलम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्