काठमाडौँ उपत्यकामा खानेपानीको अभाव कम « Khabarhub

काठमाडौँ उपत्यकामा खानेपानीको अभाव कम


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । 

अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए।

 उनले भने, ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।’ प्रवक्ता राईका अनुसार केन्द्रमा आएपछि  मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ ।

वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ । मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उनको भनाइ थियो ।

 प्रवक्ता राईले भने, ‘उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन ।’ बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उनले बताए। प्रवक्ता राईका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर  पूरा भैसकेको छैन । 

काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो । तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि विसं २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो । 

ती संरचनाको पुननिर्माण अहिले पनि भइरहेको छ । विसं. २०७९ र यो वर्षको पनि हिउँदमा पानी ल्याइएको थियो । हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ । त्यो पानी र लिमिटेडको आफ्नो उत्पादनका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो ।

लिमिटेडले उपत्यकाका आसपास अरु स्रोतहरू पनि खोजी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : ३६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा