काठमाडौँ उपत्यकामा खानेपानीको अभाव कम | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा खानेपानीको अभाव कम


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । 

अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए।

 उनले भने, ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।’ प्रवक्ता राईका अनुसार केन्द्रमा आएपछि  मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ ।

वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ । मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उनको भनाइ थियो ।

 प्रवक्ता राईले भने, ‘उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन ।’ बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उनले बताए। प्रवक्ता राईका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर  पूरा भैसकेको छैन । 

काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो । तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि विसं २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो । 

ती संरचनाको पुननिर्माण अहिले पनि भइरहेको छ । विसं. २०७९ र यो वर्षको पनि हिउँदमा पानी ल्याइएको थियो । हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ । त्यो पानी र लिमिटेडको आफ्नो उत्पादनका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो ।

लिमिटेडले उपत्यकाका आसपास अरु स्रोतहरू पनि खोजी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : ३६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार