सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत « Khabarhub

सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् ।

मुलुकको अवस्था विग्रिएको, अर्थतन्त्र ध्वस्त भएको र रोजगारी नपाइने भएकाले विदेश जानुको विकल्प छैन भन्ने नकारात्मक कुरा गर्ने प्रवृतिले युवाहरुमा निराशा छाएको उनले बताए । उनले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राखे । हरेक व्यक्तिमा हुने क्षमतालाई पहिचालन गर्दै अवसर लिन उनले अनुरोध गरे ।

मन्त्री महतले भूपरिवेष्ठित देश भएकाले हरेक उत्पादन विदेशमा लैजान यसअघि समस्या हुने गरेपनि अहिले डिजिटल प्लेटफर्ममार्फत आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिने अवस्था सिर्जना भएको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ०१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका