बुधबार पनि नेप्से ओरालो | Khabarhub Khabarhub

बुधबार पनि नेप्से ओरालो


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार बुधबार पनि ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २०‍.३१ विन्दुले घटेर २०२५.१२ अंकमा आएर अडिएको छ । करिब १ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसतभन्दा कम हो ।

आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले सकारात्मक प्रदर्शन गर्न नसकेको हो । सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा आौसत वित्तीय विवरण आएको छ । यही बेला भदौका लागि बैंकहरुले ब्याजदर बढाउन सक्छन् भन्ने हल्ला पनि चलेको छ । ब्याजदर बढ्न सक्ने आशंका कारण पनि बजार निकै सुस्त भएको अनुमान गरिएको छ ।

यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोढ ४१ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : २० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि