प्रधानसेनापति शर्मा र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच शिष्टाचार भेट « Khabarhub

प्रधानसेनापति शर्मा र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच शिष्टाचार भेट


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मेजर जनरल एण्डीको नेतृत्वमा नेपालको पाँच दिवसीय भ्रमणमा आठ सदस्यीय सीमा सुरक्षा टोली आजै आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए ।

टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालयलगायतका सैनिक इकाई तथा काठमाडौँ र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीयस्थलको भ्रमण अवलोकन गर्नेछ ।

यसखाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्न नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया