शिक्षामा नीजीकरण र व्यापारिकरणको अन्त्य गर्न माग गर्दै विद्यार्थी संगठनको विरोध प्रदर्शन « Khabarhub

शिक्षामा नीजीकरण र व्यापारिकरणको अन्त्य गर्न माग गर्दै विद्यार्थी संगठनको विरोध प्रदर्शन


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरी शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

शिक्षामा नीजीकरण र व्यापारिकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले शिक्षित जनशक्ति वेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन् ।

विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाएर अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिलेसम्म ?, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा