डिभिजन वन कार्यालय चितवनमा ११४ थान मुद्दा दर्ता « Khabarhub

डिभिजन वन कार्यालय चितवनमा ११४ थान मुद्दा दर्ता


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये एक सय ११ थान काठ तस्करसम्बन्धी र तीन वटा वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन् । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन्यजन्तुसम्बन्धी मुद्दा तीन वटा दर्ता भएकोमा दुई जना पक्राउ गरी कारबाही गरिएको छ । एक जना फरार रहेको उनले जानकारी दिए। चित्तल मारेको आरोपमा मुद्दा दर्ता गरिएको हो । 

यस्तै कार्यालयले एक सय ११ काठ मुद्दामा एक सय २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । साठी जना फरार रहेको उनले बताए । 

डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको तीन हजार चार सय १३ दशमलव ४९ क्युफिट काठ बरामद गरिएको छ । काठसँगै बोलेरो, ट्र्याक्टर, पिकअप भेन, अटो, मोटरसाइकल र साइकल गरी १५ वटा सवारी साधन बरामद गरिएको छ । उनीहरूलाई कार्यालयले मुद्दा प्रक्रिया अघि बढाएको छ । 

कार्यालयले गत आवमा पाँच हजार एक सय ८६ दशमलव २८ क्युफिट बेवारिसे काठ बरामद गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ती काठ बरामद गरिएको हो । खनालका अनुसार काठसँगै साइकल, हातेआराबञ्चरो ७५ थान बरामद गरिएको छ । 

कार्यालयले गत आवमा ५६ वटा वन्यजन्तुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका वन्यजन्तुमा अजिङ्गर, गोही, चित्तल, सुनगोहोरो, रतुवा, सालक, मलसाँप्रो, दुम्सी रहेका छन् । सोही समयमा ३२ वटा मृत जनावरको व्यवस्थापन गरिएको छ । पाटेबाघ, जरायो, चित्तल, रतुवालगायतको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको