दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन « Khabarhub

दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् ।

उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिएका छन् । उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उनले निर्देशन दिए ।

उनले भने, “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।” यहाँ उपचार सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताए ।

रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको गैँडाकोटस्थित अक्सफोड कलेजको ना१क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो । सोही क्रममा चारवटा मोटरसाइकल र दुईवटा स्कुटर एकापसमा ठक्कर खाएका थिए ।

घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । शव बोकेको बोलेरो, गैँडाकोटस्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ३५ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र