उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घट्यो : अध्यक्ष ओली « Khabarhub

उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घट्यो : अध्यक्ष ओली


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घटेको जिकिर गरेका छन् ।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानबिन आयोग गर्न माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् ।

उनले सरकारको छानबिन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए । उनले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढी सुन तस्करी भएको हुनसक्ने बताए ।

उनले सुन तस्करीमा अर्बौँको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न नदिएको तर्क गरे । ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर सरकारले अरुलाई तर्साउन खाजेको बताए । उनले मुलुकको अर्थतन्त्र कमजोर भएर उद्योगधन्दा अप्ठेरोमा पर्दा र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राखे ।

ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ४२ बजे

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म