सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ।

उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक श’ु बरामद गरेको थियो । मंगलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : २९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन