सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार सो आवमा सशस्त्र प्रहरीले लत्ताकपडा, हार्डवेयर, किराना सामान, कुखुरा तथा मासुजन्य पदार्थ, सुनचाँदीलगायतका अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको हो ।

उक्त आवमा रु १८ लाख ४८ हजार नौ सय ६० मूल्य बराबरको कुखुरा, कुखुराको मासु, माछा, रु ५९ लाख ७४ हजार चार सय ७० बराबरको पशुचौपाया, रु तीन लाख २० हजार एक सय ४० को मदिरा, रु चार लाख १८ हजार नौ सय ८० को सुर्ती, रु चार लाख १९ हजार ६७ को पटका, रु ३७ लाख २१ हजार पाँच सय ९६ को हुन्डीको कारोबार गर्ने नगद रुपैयाँ, रु एक लाख ७५ हजार ७२ को सुन तथा चाँदी, रु १२ करोड ६५ लाख १० हजार तीन सय ११ बराबरको लत्ताकपडा, किराना, हार्डवेयर र इलेक्ट्रोनिक्सलगायत सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

यसैगरी छ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, चार वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाइकल गरी रु नौ करोड ८४ लाख ५३ हजार चार सय बराबरको सवारीसाधन समेत पक्राउ गरी भन्सारमा बुझाइएको उनको भनाइ छ ।

यसबाहेक रु ५० लाख ३८ हजार सात सय ३५ बराबरको एक हजार तीन सय ५९ दशमलव सात क्युफिट अवैध काठसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी बिलबिजकभन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापनपत्रबिना सामान ढुवानी गरी राजस्व छलीमा संलग्न रहेको ३६ ट्रक, दुई पिकअप, दुई बोलेरो र चार वटा ट्र्याक्टरलगायतका सवारीसाधन पनि पक्राउ गरी भन्सारमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा तीअन्तर्गतका युनिटबाट आव २०७९र८० मा आठ सय ४५ दशमलव ८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३० दशमलव आठ सय १० किलोग्राम चरेसलगायतका लागुऔषधसहित २० मोटरसाइकल, दुई ट्रक र एक बस तथा ४० जनालाई नियन्त्रणमा लिइ कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : २३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको