रेडियोकर्म र गीत लेखनमा विश्वबल्लवको चर्चा | Khabarhub Khabarhub

रेडियोकर्म र गीत लेखनमा विश्वबल्लवको चर्चा

आफ्नै गीतको उत्तर प्रति उत्तरमा गीत लेख्ने गीतकार



गीतकार, रेडियोकर्मी, नाटककार लेखकका हैसियतले नेपाली समाजले धेरै वर्ष पहिलेदेखि चिन्दै आएका स्रष्टा पण्डित मुरलीधर भट्टराई र रामदेवी भट्टराईका कनिष्ठ पुत्रका रूपमा जन्मिएका गीतकार विश्वबल्लव भट्टराईलाई धेरैले विश्वबल्लव भनेर चिन्ने गर्छन्। विश्वबल्लव, त्यो घर परिवारमा जन्मिए जहाँ साहित्य संस्कृति अध्ययन अध्यापनको इतिहास थियो।

उनका पिता पण्डित मुरलीधर भट्टराई जो आफैमा एक अद्वितीय इतिहास थिए। भारतका महापण्डित ‘राहुल सांकृत्यायन’लाई समेत तह लगाउन सक्ने पण्डित मुरलीधर भट्टराईका परिवारमा जन्मिएका विश्वबल्लवका दाजु ईश्वरबल्लव स्वयम् कुशल गीतकार कवि थिए।

विश्वबल्लवको जन्म काठमाडौंमा भयो। अध्ययन पनि काठमाडौँमा नै भयो। तर अध्ययन गर्दै गर्दा काठमाडौंमा भएको एउटा घटनाले उनको जीवनमा परिवर्तन आयो। उनको कलेजको परीक्षाको समयमा प्रश्न पत्र परीक्षाभन्दा पहिले नै राजपरिवारका सदस्यको हातमा पुगिसकेको खबर आयो। त्यसपछि उनले प्रश्न पत्र आउट भयो भनेर नारा लगाएर परीक्षा बहिष्कार गरे। यो घटनापछि त्यति बेलाको गुप्तचर समूहले उनलाई पक्राउपुर्जी काटेर वारेन्ट जारी गरेको थियो। त्यसपछि उनी काठमाडौं छोडेर भागेर नुवाकोट गए। एक अनाम अनिश्चित गन्तव्यमा।

उनी किन नुवाकोट पुगे त भन्दा त्यहाँ उनले आफूलाई सुरक्षित महसुस गरे। दुई कारणले। पहिलो राजधानीसँग सम्पर्क नहुने र दोस्रो उनका दाजु ईश्वरबल्लभ दार्जिलिङमा भएकोले दार्जिलिङमा खोज्न गए पनि नुवाकोट नआउने उनको बुझाइ थियो।

नुवाकोटमा उनको भव्य सम्मान भयो। उनी त्यहाँ स्कुलका प्रधानाध्यापक भए। नुवाकोटमा उनले पढाउन थाले। यसका साथै नाटक मञ्चन गर्ने र नाटक निर्देशन गर्न थाले। घटना सेलाउँदै गएपछि दुई तीन वर्षपछि उनी काठमाडौंमा फर्के। उनलाई २०१६ सालको हाराहारीमा रेडियो नेपालमा ज्यालादारीमा जागिर खाने मौका मिल्यो।

रेडियो नेपालमा गीति कथा, ग्रामीण कार्यक्रम, साझा कार्यक्रम र प्रश्न उत्तर जस्ता कार्यक्रम चलाउँदै र रेडियोको लागि नाटकहरू लेख्दै विश्वबल्लवले आफ्नो सिर्जनात्मक यात्रा सुरु गरेका हुन्।तर विश्वबल्लव भित्र भएको गीतकार सधैँ सुरक्षित रह्यो। उनले आफ्नो सङ्गीतमा विशेष गरेर आफ्नो गीत रचनामा संगीतकार नातिकाजी, शिव शंकर, गणेश रत्न अर्थात् गणेश परियार र रत्नबहादुर खड्की लगायतका संगीतकारसँग सहकार्य गरे।

संगीतकार ज्ञानबहादुर श्रेष्ठले सङ्गीत गरेको विश्वबल्लवको रचनाको गीतबाट रेडियो नेपालमा गायकको रूपमा मदन कृष्ण श्रेष्ठले प्रवेश गरे। यो एउटा लोकप्रिय घटना थियो।

प्रसिद्ध हास्य अभिनेता एवम् गायक मदनकृष्ण श्रेष्ठको जीवनको पहिलो रेकर्ड भएको गीत नै विश्वबल्लवको रचना ज्ञानबहादुर श्रेष्ठको सङ्गीत थियो। ‘पसलबाट बिकिसकेको म एउटा मान्छे’ गीतपछि मदन कृष्ण श्रेष्ठलाई गायकको रूपमा भव्य सम्मान र सत्कार दिइयो।

विश्वबल्लवका अधिकांश गीत गाउने अर्का चर्चित गायक हुन् पीएल श्रेष्ठ। पीएल श्रेष्ठको पुरा नाम प्रेमलाल श्रेष्ठ। उनले गाएका गीतहरु ‘जहाँ जान खोज्छु ठक्कर खान्छु’ वा ‘मैले त एउटा फुल’ जस्ता गीतहरू लोकप्रिय भयो। गीतकार विश्वबल्लव २० को दशकदेखि चाहे तारा देवी, मिरा राणा, द्वारिका लाल जोशी, सत्यनारायण राज भण्डारी सबैसँग सहकार्य गर्दै ४०, ५० र ६० को दशकसम्म लोकप्रिय गीताकारका रूपमा रहे।

उनको शब्दमा शम्भुजीत बाँस्कोटाको सङ्गीतमा पछि युवा पुस्ताका गायकहरूले पनि उनको गीतहरू गाए। विश्वबल्लव रेडियो नेपालमा गीतकारको रूपमा चिनिँदा किरण खरेल जस्तै आफ्नै गीतको प्रश्न र आफ्नै गीतको उत्तर अर्थात् प्रति उत्तर गीत लेख्ने गीतकारका रूपमा पनि चिनिएका छन्। ‘प्रेमको पत्र लेख्दै छु तिमिलाई’ मिरा राणाको स्वरमा रेकर्ड भएको गीत प्रसिद्ध भएपछि त्यही गीतको प्रति उत्तरमा विश्वबल्लवले ‘तिम्रो पत्र पाएको थिएँ’गीत लेखे। यो गीत सत्यनारायण राज भण्डारीले गाए।

गीतकारका हिसाबले विश्वबल्लव सुकोमल शब्द मुलायम र कम पठनीय वाक्य र त्यसको रचनामा गीत लेख्न सक्ने गीतकार हुन्। शरण प्रधानको निधनपछि गायिका अरुणा लामाले नेपालमा आएर रेकर्ड गरेका गीतमा संगीतकारद्वाय नातिकाजीश्रेष्ठ र शिव शंकरको सङ्गीतमा एक–एक वटा गीत गाएकी छन्। ती दुवै गीत विश्वबल्लवको रचनामा हो।

नातिकाजीको सङ्गीतमा विश्वबल्लवको रचनामा ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’ अरुणालामाको चर्चित गीत हो। त्यसै गरी शिव शङ्करको सङ्गीतमा विश्वबल्लवको रचनामा ‘तिम्रो हाम्रो जिन्दगानी’ पनि निकै लोकप्रिय गीत हो। एउटा सौभाग्य र संयोग पनि हो।

अर्को रोचक घटना अरुणा लामाका पति शरण प्रधानको निधन हुनुभन्दा अगाडि सारङ्गी पत्रिकाको लागि लिएको अन्तरवार्ता लिने अन्तिम व्यक्ति पनि विश्वबल्लव नै हुन्।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ५३ बजे

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी