खप्तडमा सेनाबाट निःशुल्क स्वास्थ्य सेवा | Khabarhub Khabarhub

खप्तडमा सेनाबाट निःशुल्क स्वास्थ्य सेवा


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बझाङ– खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उनको बसाई खप्तडमै हुन्छ ।

खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल । त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचारसमेत गराउँदै आएका छन् । गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उनको भनाइ छ । ‘व्यारेकमा ठूलो उपचार त हुँदैन,’ उनले भने, ‘सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउनुहुन्छ । अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन । खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ ।’

अझै जिल्ला अस्पतालमा खर्च लाग्ने र सेनाको मेडिकलमा निःशुल्क हुने गरेको उनले बताए । रावलको जस्तै उपचारप्रति प्रेम छ, खप्तडछान्ना गाउँपालिका–६ का जगत थापाको । उनी पनि बिरामी पर्दा खप्तडकै बाटो लाग्छन् ।

‘खप्तड हुँदा जुन बेलामा पनि उपचारका लागि ब्यारेकै जान्थे । यसपटक भने घरै भएर पनि औषधिका लागि खप्तड गए ।’ उनका अनुसार खप्तडमा बिरामी चेकजाँच र औषधीको मात्रा मिलाएर दिने हुँदा स्वास्थ्य चौकीभन्दा आर्मी मेडिकल सहज लाग्छ ।

खप्तडमा मेडिकलमा मात्रै नभएर मेला पर्वमा समेत सयौँले उपचार पाउँछन् । खप्तडमा रहेको श्री सिंह शार्दूल गुल्मले मेडिकल क्याम्प सञ्चालन गरेर तीर्थालु भक्तजनको उपचार गर्दै आएको छ ।

मध्यवर्ती क्षेत्र आसपासका स्थानीय त मेला पर्वको साइत जुराएर उपचारका लागिसमेत आउने गरेका छन् । खप्तडछान्ना गाउँपालिका–३ बझाङकी सिद्धा रोकायाले मेला हेर्ने मौका छोपेर उपचारका लागि आएको बताइन् । उनले भनिन्, ‘ग्याष्ट्रिक पहिलेदेखिकै थियो । यो पटक कम्मर दुख्ने, रिँगाटा लाग्ने, बेला बेलामा ज्वरो आउने समस्या भएको हुँदा उपचार पनि हुन्छ भनेर आए ।’

उनले अघिपछि समय नमिल्ने हुँदा मेलाको समयमा आएर चेकजाँज गराएको बताइन् । ‘गत वर्ष पनि आएकी हुँ, त्यो बेलाको औषधिले धेरै काम ग¥यो । यसपटक पनि डाक्टरले चेकजाँच गरेर औषधि दिनुभएको छ । समस्या भए फेरि आउनु भन्नुभएको छ,’ उनले भनिन् ।

गङ्गादशहरा मेला, खापरदह मेलाको उकालु र ओरालुमा समेत गुल्मले निःशुल्क उपचार गरिरहेको गुल्मपति पुरुषोत्तम कार्कीले बताए । उनका अनुसार गत साता मात्रै गुल्मबाट खटिएका मेडिकल टोलीले खापरदह मेलामा दुई दिने मेडिकल क्याम्प सञ्चालन गरेर एक सय ४० जनाको उपचार गरे ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ३१ बजे

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना

फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश

काठमाडौं – फिल्म ‘परालको आगो’मा जितु नेपालको बहिर्गमनसँगै नायक सौगात

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

टक्सार- ‘कोदोजन्य परिकारको आधार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’

चितवनमा १५ दिनमै २० जनामा डेङ्गु सङ्क्रमण

चितवन– साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये