दुई महिनादेखि हराइरहेकी महिलाको शव फेला « Khabarhub

दुई महिनादेखि हराइरहेकी महिलाको शव फेला


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ । 

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

दुई महिना अगाडि हराएकी महिलाकी शवको कंकाल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने।

मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमीमा जाहेरी दिएका थिए । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : २० बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०