देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने « Khabarhub

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए । 

‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ’, सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । 

सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए । 

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ४ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली