चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : बागमतीका स्वास्थ्यमन्त्री जोशी « Khabarhub

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : बागमतीका स्वास्थ्यमन्त्री जोशी


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज प्रदेशसभा परिसरमा घेराउ गरी आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । त्यस अवसरमा मन्त्री जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीले सर्वसाधारण नागरिकको स्वास्थ्यलाई गम्भीर रूपमा लिएर उपचार सेवातर्फ साविकजस्तै जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिँदै सर्वसाधारण नागरिकले पनि चिकित्सकलाई सम्मानजनकरूपले हेरेको हुँदा बिरामीलाई प्रतिकूल असर नपर्ने गरी आफ्नो मागप्रति लचिलो बन्न आग्रह गरे ।

उनले चिकित्सकमाथि कुटपिट गर्ने परिवार एवं जुनसुकै राजनीतिक दलको नेता तथा कार्यकर्ता भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे । आज हेटौँडा अस्पताललगायत विभिन्न चिकित्सक र स्वास्थ्यकर्मीको समूहले करिब अढाइ घण्टा जति बागमती प्रदेशसभाको मूल ढोकामा घेराउ गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : २२ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०