चीन र भारतका पर्यटकलाई लोभ्याउन म्यानमारको सैन्य सरकारको नयाँ अफर « Khabarhub

चीन र भारतका पर्यटकलाई लोभ्याउन म्यानमारको सैन्य सरकारको नयाँ अफर


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो ।

सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरूको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

‘ग्लोबल न्यु लाइट अफ म्यानमार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।

‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यानमारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ । म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरू रहेको स्वीकार गरेको छ ।

अमेरिका र अस्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सल्लाह दिएका छन् ।तर म्यानमारसँग चीन र भारतको लामो सीमा छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।

स्रोतः एनआई

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : १२ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०