चीन ताइवानमाथि सैन्य दबाब बढाउँदै, लडाकु विमान र नौसैनिक युद्धपोत परिचालन « Khabarhub

चीन ताइवानमाथि सैन्य दबाब बढाउँदै, लडाकु विमान र नौसैनिक युद्धपोत परिचालन


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- चीनले पुनः ताइवानमाथिको सैन्य दबाबलाई बढाएको छ । हालै चीनले ताइवानी क्षेत्रमा ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत परिचालन गरेको अल जजीराले जनाएको छ ।

अल जजीराले जनाएअनुसार बिहीबार बिहान ६ बजेको समयमा जनमुक्ति सेनाका ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत तैनाथ रहेको जानकारी प्राप्त भएको ताइवानी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समय चीनले साङडोङ लडाकु विमानवाहक नौसैनिक युद्धपोत तैनाथ गरी ताइवानसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लामो समयदेखि चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्साका रुपमा अथ्र्याउँदै आएको छ । हाल स्वतन्त्र रुपमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेको ताइवानलाई आफ्नो मुलुकमा गाभ्नका लागि चीनले बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १२ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको