चीन ताइवानमाथि सैन्य दबाब बढाउँदै, लडाकु विमान र नौसैनिक युद्धपोत परिचालन « Khabarhub

चीन ताइवानमाथि सैन्य दबाब बढाउँदै, लडाकु विमान र नौसैनिक युद्धपोत परिचालन


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- चीनले पुनः ताइवानमाथिको सैन्य दबाबलाई बढाएको छ । हालै चीनले ताइवानी क्षेत्रमा ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत परिचालन गरेको अल जजीराले जनाएको छ ।

अल जजीराले जनाएअनुसार बिहीबार बिहान ६ बजेको समयमा जनमुक्ति सेनाका ६८ वटा लडाकु विमान र १० वटा नौसैनिक युद्धपोत तैनाथ रहेको जानकारी प्राप्त भएको ताइवानी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समय चीनले साङडोङ लडाकु विमानवाहक नौसैनिक युद्धपोत तैनाथ गरी ताइवानसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लामो समयदेखि चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्साका रुपमा अथ्र्याउँदै आएको छ । हाल स्वतन्त्र रुपमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेको ताइवानलाई आफ्नो मुलुकमा गाभ्नका लागि चीनले बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १२ : ५० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६