कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने | Khabarhub Khabarhub

कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।

अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ ।

कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीका प्रवर्द्धन कार्यक्रम तथा उन्नत बीउलगायतमा अनुदान दिनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बाली बीऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवर्द्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए

उनका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकको छनोट, अभिमुखिकरण तथा लागत सहभागितामा समेत अनुदान दिइने उनले जानकारी दिए ।

अनुदान पाउनका लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसुचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : २७ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा