नवरात्रीमा कुन देवीको पूजा कुन दिन गर्ने ? | Khabarhub Khabarhub

नवरात्रीमा कुन देवीको पूजा कुन दिन गर्ने ?


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

२०८० सालको बडादसैँ सुरु भइसकेको छ । आइतबार घटस्थापना गरी जमरा राखेसँगै नवरात्री सुरु भएको हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवरात्री पर्व मनाइन्छ ।

नवरात्रीका अवसरमा नवदुर्गाको विशेष पूजा गर्ने गरिन्छ । यी देवीहरूलाई शक्तिको केन्द्र समेत मानिन्छ  । हिन्दु धर्ममा शक्तिको श्रोत देवीलाई मान्ने गरिएको छ । नवरात्रीमा देवीको उपासना र आराधनाको अर्थ शक्तिको पूजा आराधना हो ।

नवरात्रीमा कुन देवीको पूजा कुन दिन ?

शैलपुत्री : आश्विन शुक्ल प्रतिपदाका दिन शैलपुत्रीको पूजा गरिन्छ ।  शैलपुत्री नवदुर्गा मध्येकी प्रथम देवी (दुर्गा) हुन् । दुर्गाको ९ वटा रूप छन् । दुर्गाको पहिलो स्वरुप ’शैलपुत्री’ हो ।  पर्वतराज हिमालयको घरमा पुत्रीको रूपमा उत्पन्न भएका कारण यिनको नाम ’शैलपुत्री’ राखिएको हो । नवरात्री पूजनमा प्रथम दिन यिनैको पूजा र उपासना गरिन्छ । आश्विन शुल्क प्रतिपदाको दिन शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ ।

ब्रह्मचारिणी : आश्विन शुक्ल द्वितीयका दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ ।  ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

चन्द्रघण्टा : आश्विन शुक्ल तृतीयाका दिन चन्द्रघण्टाको पूजा गरिन्छ । चन्द्रघण्टा माताको निधारमा घण्ट आकारको अर्धचन्द्र छ । यिनको शरीरको रङ्ग सुन जस्तै चम्किलो छ । यिनको हातमा शस्त्र पनि छ । यिनको बाहन सिंह हो । यिनको मुद्रा युद्धका लागि तयार रहेको जस्तो देखिन्छ । चन्द्रघण्टाको घण्टको डरलाग्दो ध्वनीले अत्याचारी दानव, दैत्य सबै डराउँछन् ।

कुष्माण्डा : आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ । आठ हातहरू भएकी कुष्माण्डा देवी अष्टभुजा देवीको नामबाट पनि चिनिन्छिन् । यिनको हातमा कमण्डलु, धनुष बाण, कमलको फूल, अमृत पूर्ण कलश, चक्र र गधा रहेको हुन्छ । देवी कुष्माण्डाको वाहन सिंह हो ।

स्कन्दमाता : आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाता नवदुर्गा मध्येकी पाँचौँ देवी हुन् । देवी दुर्गा, आफ्नो पाँचौँ स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध छिन् ।  स्कन्दमाताको चार वटा हात छन् । दाहिनेतर्फको माथिको हातमा भगवान् स्कन्द रहेका छन् । दाहिने तर्फको तलको हातमा कमलको फूल रहेको छ । बायाँतर्फको माथिको हातमा वरमुद्रा रहेको छ भने तलको हातमा पनि कमलको फूल रहेको छ ।

कात्यायनी : आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गरिन्छ । देवी कात्यायनीको रङ्ग सुन जस्तै चम्किलो हो । यिनका चार वटा हात रहेका छन् । दायाँको माथिल्लो हातमा अभय मुद्रामा छिन् र तल्लो हातमा वर मुद्रा रहेको छ । बायाँको माथिल्लो हातमा तरबार रहेको छ र तल्लो हातमा कमलको फूल रहेको छ । कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

कालरात्री : आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिन्छ ।  दसैँको अष्टमी र सप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र विजया दशमीका दिनमा विसर्जन गर्छन् ।  कालरात्रि देवीको शरीरको रङ्ग अन्धकार जस्तै कालो छ । कपाल बिग्रिएको छ । घाँटीमा बिजुली चम्केजस्तो चमकदार माला छ । यिनको तीन वटा नेत्र छन् । यिनको नाकबाट अग्निको डरलाग्दो ज्वाला निस्किरहन्छ । यिनको बाहन गधा हो ।

महागौरी : आश्विन शुक्ल अष्टमीका दिनमा महागौरीको पूजा गरिन्छ । महागौरी नवदुर्गा मध्ये आठौँ देवी हुन् । देवी महागौरीको रङ्ग निकै गोरो छ । यिनको वस्त्र र गहना आदि पनि सेता छन् । महागौरीको बाहन साँढे हो । दायाँ भागको माथिको हातमा अभय मुद्रा र तल्लो हातमा त्रिशूल रहेको छ भने बायाँ भागको माथिल्लो हातमा डमरू र तल्लो हातमा वर मुद्रा छ । यिनको स्वभाव शान्त रहेको छ ।

सिद्धिदात्री : सिद्धिदात्री नवदुर्गा मध्येकी नवौँ तथा अन्तिम देवी हुन् । माता सिद्धिदात्रीका चार हात छन् । यिनको बाहन सिंह हो । उनी कमलको फूलमा विराजमान छिन् । यिनको दाहिनेतर्फको माथिको हातमा गदा र तल्लो हातमा चक्र रहेको छ । बायाँ हातमा कमलको फूल र शंख रहेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : १९ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न