आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै « Khabarhub

आज बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

यिनले दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी छिन् । देवी ब्रह्मचारिणीको स्वरूप अद्भूत र दिव्य छ ।

देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न शक्तिपीठ, देवीमन्दिरमा पुगेका छन् ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छुटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ५४ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको