पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा « Khabarhub

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–  हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको  छ ।

राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । 

वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

यसअघि नेपालगञ्ज, धरान, सर्लाहीलगायत छिमेकी जिल्लामा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

हिन्दुहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातिको समयमा मादकपदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावतसमेत बाक्लो हुने गर्दछ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ५७ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी