एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र श्रीलंका खेल्ने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र श्रीलंका खेल्ने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविहीन छन् । आजको खेलमा अष्ट्रेलिया र श्रीलंका पहिलो जितको खोजीमा हुनेछन् ।

यसअघि अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंका भने पाकिस्तान र न्युजिल्यान्डसँग हारेको हो ।

अस्ट्रेलिया र श्रीलंकाबीच हालसम्म कुल १०३ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएकाेमा अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रहेको थियो ।

 

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको