देश/प्रदेश

बैतडीमा असिनापानीले बालीनाली सखाप

By खबरहब

October 16, 2023

बैतडी– वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप भएको छ ।

हिजो बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ ।