कोसी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी « Khabarhub

कोसी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशसभाको बैठक आगामी कात्तिक १ गते बुधबारका लागि बोलाइएको छ । असोज २० गते स्थगित भएको बैठक उक्त दिन बस्न लागेको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जनाएको छ ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेशसभा सदस्यको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले हिजो पद तथा गोपनीयताको शपथ लिँदै तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल