लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत « Khabarhub

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

पाटन– लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । 

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।

‘लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई रु १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ’, सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने 

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको