प्रहरीलाई गृहमन्त्रीको निर्देशन-धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्नू  « Khabarhub

प्रहरीलाई गृहमन्त्रीको निर्देशन-धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्नू 


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

६८ औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरूमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्बलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् । यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहिरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए ।

उनले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे । नेपाल प्रहरीको आवश्यक भूमिका र कर्तव्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यस तर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षण लगायतमा संगठनको काम कारवाही उत्कृष्ट हुने प्रतिवद्धता जनाए । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धिकरणको लक्ष्य सहित नेपाल प्रहरी कार्ययोजना, २०८० तर्जुमा गरिएको उनले बताए ।

कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो भने अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : २८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने