इजरायल-गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी | Khabarhub Khabarhub

इजरायल-गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल-गाजा युद्धले ओझेलमा पार्नेछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ । 

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा हुन थालेका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकु सङ्गठन हमाससँगको इजरायलको युद्धले निरन्तर महत्व पाएको छ । 

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजरायलमा भीषण रकेट हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजरायलमा एक  हजार चार सयभन्दा बढी मारिएका छन् । हमास शासित हमास गाजा पट्टीमा इजरायली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजरायली हमलामा कम्तीमा दुई हजार छ सय ७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारवाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताएका छन् ।

‘इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ’, उनले आइतबार गरे । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

आफ्नो विज्ञप्तिमा इजराइल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् । विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गरेका थिए ।

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकु समूह हो जसले इजरायलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ । 

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्नुहुने चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले आइतबार बताएको थियो । यद्यपि सिसिटिभीले मध्यपूर्वको कुल मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

    रणनीतिक निर्भरता 

मङ्गलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद छन् ।  

सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ उडे र केही घन्टामै चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गरेका छन् । रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ । छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।  

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध सुरु भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गरेको छ ।   

आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  २ : ३१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने