उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान | Khabarhub Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गरे । 

मङ्गलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ । सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गर्ने रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने बताइएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टाई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  २ : ४५ बजे

म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

दमौली– म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर (तस्विरहरु)

बलेवा– बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक

विशेष अदालतका न्यायाधीशहरुद्वारा शपथ ग्रहण

काठमाडौँ– विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको

विराटनगरबाट देखिएको सिंहदरबारको हरिबिजोग

विराटनगर –सिंहदरबार र विराटनगर दुई फरक बिम्ब हुन् । ‘सिंहदरबार’