काभ्रेमा महत्वपूर्ण सडक स्तरोन्नति हुँदै « Khabarhub

काभ्रेमा महत्वपूर्ण सडक स्तरोन्नति हुँदै


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढदर्जन सडक स्तरोन्नति गरिँदैछ । चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की(कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ। 

देश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो । कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका १६ महत्वपूर्ण सडकमध्ये केही सडक गतवर्ष सुरु गरिएका थिए । 

‘चालु आवमा सञ्चालन हुने योजनाको लागत स्टिमेट तयार गर्नेलगायत काम भइरहेको छ’, उनले भने । जनमुक्ति मार्गअन्तर्गत करिब रु ६२ करोडको लागतमा १७ किलोमिटर लामोे पिन्थली–रजवास–भूमिचुली–बुढाखानी–देवीटार सडकखण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र गर्न  समपूरक अनुदानतर्फ चालु आवमा संघीय सरकारले रु २० करोड र प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

उनका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार–घर्तीछापखण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ । यसका लागि चालु आवमा रु चार करोड विनियोजन भएको छ । यस्तै महाभारतकै देवीटार–घर्तीछाप–गोकुले पाँच किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्न रु ३९ करोड लागत अनुमान गरिएकामा यस वर्ष रु सात करोड   विनियोजन भएको जनाइएको छ । 

यसैगरी यसवर्ष जनमुक्ति मार्गअन्तर्गत नै दोस्रो सडकखण्ड पिन्थली–भूमिचुली सडकका लागि रु एक करोड, खानीखोला गाउँपालिकाको तालढुङ्गादेखि शिक्रेदोभानसम्मको सात किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि रु चार करोड विनियोजन भएको छ । यी दुई सडकखण्डमा भने यसैवर्ष ठेक्का लगाइ बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिने भएको हो । 

यस्तै चालु आवमा रोशी गाउँपालिकाको कटुञ्जेदेखि खार्पाचोक–लेखापाटी–सुङ्गुरे–बुढाखानी–फोक्सिङटार गोकुले–तालढुङ्गा सडकअन्र्तगतको १४ किलोमिटर सडक कालोपत्र गर्न रु सात करोड विनियोजन भएको छ । सो सडक सम्पन्न गर्न रु ६९ करोड लागत अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार यसैवर्ष मण्डनदेउपुर नगरको सिपाघाट–चुरीथुम्का–कात्तिके सडकका लागि पनि रु आठ करोड विनियोजन भएको छ । 

उक्त सडकले काभ्रेपलाञ्चोकसँग सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर जोड्ने छ । चालु आर्थिक वर्षमा जिल्लाको भुम्लु गाउँपालिकाको हबेली–सापिङ–सिम्थली–बाङ्गो सिमल–बाफल सडक स्तरोन्नति तथा  कात्तिके–नगरकोट सडकखण्ड कालोपत्र गर्न रु चार-चार करोड विनियोजन गरिएको छ । यस्तै चाँरीदेउराली गाउँपालिकामा चौरीखोला करिडोर निर्माणका लागि आठ करोड, छेडा–कुर्थली,–सलम्बु–चौरीखोला सडक स्तरोन्नतिका लागि सात करोड, पाँचखाल बोहोरेदोभान सडक कालोपत्रका लागि रु ११ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको कार्यालयले जनाएको छ । 

उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोकमा १६ महत्वपूर्ण सडकसँगै २० वटा मोटर पुल, एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । कार्यालयले हाल जिल्लाका स्थानीय तहलाई विनियोजित योजनाबारे जानकारी दिई योजनाको लागत अनुमान तयार गर्ने काम भइरहको जनाउँदै दशैँपछि योजनाको कार्यान्वयन गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए । 

यसैबीच उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोक र भक्तपुरमा सडक, सडक पुल, झोलङ्गे पुल र ट्रस पुल गरी करिब तीन सय ५० वटा योजनामा काम गर्ने जनाएको छ । यसमध्ये करिब साढे दुई सय योजना मात्रै कार्यान्वयनमा लगिने छ । चालु आवमा कार्यान्वयन हुने ती योजनाका लागि रु दुई अर्ब ३७ करोड विनियोजन भएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : १२ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण