कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादीको कोशी प्रदेश सचिवालय बैठकले केन्द्रीय कमिटीको सहमतिमा कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आगामी कार्तिक १ गते विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसको विद्रोही समूहका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीविरुद्ध सत्ता गठबन्धनले माओवादीका प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।

कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रमा कायम सत्ता गठबन्धनलाई निरन्तरता दिने सकमति बनेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ५१ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा