अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, छिट्टै लयमा आउँछ : अर्थमन्त्री महत « Khabarhub

अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, छिट्टै लयमा आउँछ : अर्थमन्त्री महत


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिट्टै लयमा आउने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने दाबी गरेका हुन् ।

सकारात्मक संकेत बाबजुत बाँकी रहेका अप्ठेरोहरु सबै मिलेर समाधान गर्नुपर्ने उनले बताए । उनले अहिले पनि अन्तराष्ट्रिय तहमा धेरै समस्याहरु देखापरेको भन्दै यसलाई समयमा नरोके नराम्रो रुप लिन सक्ने धारणा राखे । सरकारको तर्फबाट अर्थतन्त्र सुधारका लागि धेरै पहल गरिरहेको पनि उनले बताए ।

उनले अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा रहेकाले नेपाल पनि अछुतो हुन नसकेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : १२ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि