सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान « Khabarhub

सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई विसं २०७६ देखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

सञ्चालनका समयमा छ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आवद्ध लक्ष्मी अधिकारीले बताए । ‘व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार-पाँच जनाको समूह मिलेर खेती गरेका छौँ’, उनले भने , ‘बर्सेनी फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्रीवितरण गर्ने गरेका छौँ ।’

अधिकारीका अनुसार समूहले गत वर्ष खेतीका लागि रू डेढलाख खर्च गरेर रू पाँच लाख आम्दानी गरेको छ । ‘अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आकर्षण बढ्न थालेको छ’, उनले भने । 

गैँडाकोट–२ का सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी गरेको बताए । तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आर्कषण बढेकाले फूलको बजार राम्रो रहेको उनको भनाइ थियो । उहाँका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।

कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाएका छन् । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले आठ हजार बोट लगाएको उनले बताए । ‘फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ’, पराजुलीले भने। 

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सामूहिक पुष्पखेतीतर्फ किसानको आर्कषण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले बताइन् । 

उनका अनुसार अहिले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । ‘कृतिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छौँ’, चौधरीले भनिन्, ‘जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ ।’

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ४५ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा