युवतीमाथि सामूहिक बलात्कार, चालकसहित तीनजना पक्राउ | Khabarhub Khabarhub

युवतीमाथि सामूहिक बलात्कार, चालकसहित तीनजना पक्राउ


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो । पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । 

तामाङ प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बाहनामा उनीहरूले बलात्कार गरेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : १९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले