संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्छ : कांग्रेस नेता सिटौला « Khabarhub

संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्छ : कांग्रेस नेता सिटौला


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले सांसदहरुले जनताको हितमा कानून र नीति निर्माण गर्न नसके जनतामा निराशा छाउने जिकिर गरे । सिटौलाले देशको नीति निर्माण गर्ने ठाँउमा बसेकालाई झकझकाउने काम प्रेस जगतको भएको धारणा राखे ।

त्यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुलुकमा निराशाको उत्तम संवाहक कांग्रेस भएको बताए । कांग्रेसको सबै जिल्ला अधिवेशन हुन नसकेको तर जिल्ला सभापतिको भेलाले केन्द्रका आलोचना गर्ने देखिएको उनले बताए ।

उनले नराकारात्मक टिकाटिप्पणीमा कांग्रेस रमाइरहेका कारण जनतामा पार्टी प्रति निराशा छाएको जिकिर गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ०८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर