बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत | Khabarhub Khabarhub

बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ । 

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिए । 

संस्थानबाट उत्पादित दूधमा रु दुई छुटसहित प्रति लिटर ९५ रुपैयाँ, दहीमा रु २० छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँ, पनिर आधा केजीमा रु ५० छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्युमा प्रति केजी रु सय छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैयाँका दरले चाडपर्व लक्षित मूल्य कायम  गरिएको छ ।  

यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ । 

सो अवसरमा मन्त्री डा भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवं व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिँदै स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट गरे । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : २६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः